त्रिकोणात्मक सिरिज खेलेर नेपाली क्रिकेट टोली फर्कियो – Kanika Khabar
Friday, April 19Nepali News Portal

त्रिकोणात्मक सिरिज खेलेर नेपाली क्रिकेट टोली फर्कियो

    मा प्रकाशित

ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली टिम ओमान गएको थियो ।नेपाली टिम केहीबेर अघि मात्रै विमानस्थलबाट बाहिरिएको हो । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो ।

नेपालले आइतबार भएको खेलमा घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो । जुन नेपालले एकदीवसीय अन्तर्राष्ट्रियमा ओमानमाथि पहिलो जित हो ।त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

ओमानलाई हराएपछि नेपाल लिग–२ को चौंथो स्थानमा समेत उक्लिएको थियो । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ ।ओमान १३ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । नेपालले त्यस सिरिज २–० ले जितेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्