आईपीएलमा आज दिल्ली क्यापिटल र सनराइजर्सबीच प्रतिस्पर्धा हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

आईपीएलमा आज दिल्ली क्यापिटल र सनराइजर्सबीच प्रतिस्पर्धा हुने

    मा प्रकाशित

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्र्तगत आज दिल्ली क्यापिटल र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे देखि खेल सुरु हुनेछ ।

गएराति भएको खेलमा भने राजस्थान रोयल्स् विजयी भएको छ । राजस्थान रोयल्स्ले पन्जाब किङ्ग लाई २ रनले हराएको हो । राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । भने सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्