दलित गैरसरकारी संस्था महासंघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन सम्पन्न – Kanika Khabar
Friday, April 19Nepali News Portal

दलित गैरसरकारी संस्था महासंघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन सम्पन्न

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ६ असोज ।
दलित गैर सरकारी संस्था महासंघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ । दलित गैर सरकारी संस्था महासंघका उपाध्यक्ष नन्द विश्वकर्माको अध्यक्षता एवम् राष्ट्रिय सभाका सदस्य रामलखन हरिजनको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेनले दलित गैर सरकारी संस्था महासंघको पन्ध्र सदस्यी लुम्बिनी प्रदेश कमिटी पनि गठन गरेको छ ।
जसअन्र्तगत संस्थाका अध्यक्ष दिलबहादुर परियार, बुद्धबहादुर सुनार, छोटे हरिजन, मिना परियार उपाध्यक्ष, शसिराम नेपाली सचिव, निर्मला सुनार उप—सचिव, रामशरण रैदास कोषाध्यक्ष रहनु भएको छ भने सदस्याहरुमा मोलाहे आर्य धोबी, हिरा विक, टिकाकुमारी विक, रुपा सुनार, सम्झना परियार, महातम चमार, ओमप्रकाश हरिजन रहनु भएको छ । सम्मेलनमा दलित गैर सरकारी संस्था महासंघका कार्यकारी निर्देशक अधिवक्ता ईमान सुनारले संविधानमा व्यवस्था भएको दलित लक्षित मौलिकहकको कार्यान्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनमा दलित गैर सरकारी संस्था महासंघका कोषाध्यक्ष जितेन्द्र पासवान, कार्यक्रम संयोजक बाबुराम बि.के. लगायत लुम्बिनीप्र देशका बाह्रवटा जिल्लाका महासंघका विभिन्न सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित दलित गैर सरकारी संस्था महासंघको नवनिर्मित कार्यालयको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रमको सहजिकरण महासंघका महासचिव जेवि विश्वकर्माले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्