गत २४ घन्टमा देशभर थप ६ जनाको मृत्यु – Kanika Khabar
Saturday, December 10Nepali News Portal

गत २४ घन्टमा देशभर थप ६ जनाको मृत्यु

    मा प्रकाशित

असोज ६, दाङ ।
देशभर गत २४ घन्टामा थप ६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण गर्दा १ हजार ४ सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ७७ हजार ६ सय ९ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १ हजार ६ सय ३० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख ५५ हजार ६ सय ३० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्