सरकारले सडक मर्मत नगरे दसैँका लागि टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीको चेतावनी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सरकारले सडक मर्मत नगरे दसैँका लागि टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीको चेतावनी

    मा प्रकाशित

असोज ६, दाङ ।
यातायात व्यवसायीहरूले सडक मर्मत नगरे दसैँका लागि अग्रिम टिकट बुकिङ नखुलाउने चेतावनी दिएका छन् । लामो तथा छोटो दूरीका अधिकांश सडकमा पहिरो गएको र खाल्डाखुल्डी परेको भन्दै सडक मर्मत नहुँदै दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीले चेतावनी दिएका हुन् ।

सबैतिर सडक भत्किएको र त्यसको मर्मतमा सरकारले चासो नदिएको भन्दै उनीहरूले सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आज यातायात व्यवसायी, सडक विभाग र यातायात व्यवस्था विभागबीच भएको छलफलका क्रममा व्यवसायीहरूले सडकको अवस्था सुधार्न आग्रह गरेका हुन् । छलफलका क्रममा व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न आग्रह गरेका हुन् ।

यातायात व्यवसायी केन्द्रीय महासंघका सचिव सरोज सिटौलाले दसैँको टिकट बुकिङ मात्रै खोलेर नहुने बताउनुभयो । उहाँले सडकको अवस्था निकै भद्रगोल र अव्यवस्थित भएकोले मर्मत गर्नतर्फ सरकारले चासो दिनुपर्ने पनि बताउनुभयो । उहाँले यसबारेमा भोलिपनि यातायात विभागसँग छलफल गरिने जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्