संघीय संसदको दुबै सदनको बैठक आज – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

संघीय संसदको दुबै सदनको बैठक आज

    मा प्रकाशित

असोज ७, दाङ ।
संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै राष्ट्रियसभाले विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी गरेको छ ।

गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘ विनियोजन विधेयक, २०७८’ टेबुल गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्