आईपीएलमा आज मुम्बई इन्डियन्स र कोलकोत्ताबीच प्रतिस्पर्धा हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आईपीएलमा आज मुम्बई इन्डियन्स र कोलकोत्ताबीच प्रतिस्पर्धा हुने

    मा प्रकाशित

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्र्तगत आज मुम्बई इन्डियन्स र कोलकोत्ता नाइट राइर्डसबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको शेख जायद अन्र्तराष्ट्रिय खेल मैदान मा नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट खेल सुरु हुनेछ ।

गएराति भएको खेलमा भने दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । दिल्लीले हैदरावादलाई ८ विकेटले हराएको हो । हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो । जितसँगै ९ खेलमा १४ अंक जोडेको दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । भने ८ खेलमा २ अंक जोडेको हैदरावाद पुछारमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्