नेकपा एसमा पदाधिकारी चयन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपा एसमा पदाधिकारी चयन

    मा प्रकाशित

असाेज ७, काठमाडौं ।                                                  नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीहरू चयन गरेको छ । आज बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको बरीयता रहेको छ । उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई रहेका छन् ।

त्यस्तै पार्टीको महासचिवमा डा. वेदुराम भुसाललाई चयन भएका छन् । उपमहासचिवमा प्रकाश ज्वाला, गंगाधर तुलाधर र विजय पौडेल चयन भएका छन् । यस्तै सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् । बैठकले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार ७१ सदस्यीय पोलिट ब्यूरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

त्यस्तै केन्द्रीय सदस्यहरूलाई सम्पूर्ण प्रदेश तथा जिल्लामा इन्चार्जहरूको जिम्मेवारी प्रदान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्