संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाबारेको सुनुवाई स¥यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाबारेको सुनुवाई स¥यो

    मा प्रकाशित

असोज ७, दाङ ।
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा सुनुवाइ सरेको छ। रिटको सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको एकल इजलास तोकिएकोमा बेन्च बस्न नभ्याएको कारण सुनुवाइ सरेको हो।आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले न्यायसम्बन्धी हकमा अवरोध पुगेको भन्दै ३० भदौमा सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।

 

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशबाट इजलास सञ्चालन हुन सक्ने या नसक्नेबारे निर्क्यौल नभएसम्म मुद्दाको सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।

 

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गर्नुभएको थियो । सर्वोच्चको आदेशपछि इजलासको सुनुवाइ रोकिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्