बालबालिकाको आहारमा सुधार नहुँदा ठूलो चुनौती : युनिसेफ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बालबालिकाको आहारमा सुधार नहुँदा ठूलो चुनौती : युनिसेफ

    मा प्रकाशित

असोज ७, दाङ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था युनिसेफले पछिल्लो एक दशकमा बालबालिकाको आहारमा कुनै सुधार नदेखिएकाले गम्भीर हुन आग्रह गरेको छ । आज नयाँ प्रतिवेदन सार्वजनिक गर्दै युनिसेफले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्त्वहरु प्राप्त नहुनाले उनीहरुको वृद्धि विकासमा समस्या हुने बताएको छ ।

९१ देशहरुको विश्लेषण पछिको प्रतिवेदन अनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइने गरेको पाइएको छ ।

कोभिड–१९ ले अत्यावश्यक सेवामा बाधा पु¥याइरहेको र धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको अवस्था उत्पन्न भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन अघि जारी गरिएको प्रतिवेदनमा बढ्दो गरिबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरु र कोभिड–१९ को महामारी जस्ताले पोषण संकटलाई पनि प्रश्रय दिइरहेको र पछिल्लो दस वर्षमा सुधारको सानो संकेत पनि नदेखिएको चेतावनी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्