नारायणहिटी दरबारबाट श्रीपेज चोरीको प्रयास , श्रीपेच चोरीको प्रयास गर्ने रुकुमका एक युवक पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

नारायणहिटी दरबारबाट श्रीपेज चोरीको प्रयास , श्रीपेच चोरीको प्रयास गर्ने रुकुमका एक युवक पक्राउ

    मा प्रकाशित

असोज ८, दाङ ।
नारायणहिटी दरबार संग्रहालयबाट श्रीप्च चोरीको प्रयास भएको छ । सङग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोरीको प्रयास गर्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पक्राउ परेका छन् ।

घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गर्ने क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिले जनाएको छ ।

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

पक्राउ परेका घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्