दाङ काङ्ग्रेसको नगर अधिवेशन : कतै सर्वसम्मत, कतै उम्मेद्वारी दर्ता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङ काङ्ग्रेसको नगर अधिवेशन : कतै सर्वसम्मत, कतै उम्मेद्वारी दर्ता

    मा प्रकाशित

८ असोज, दाङ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत दाङका १० वटा पालिकामा नयाँ नेतृत्वका लागि उमेद्धारी दर्ता भएको छ ।

भोलि शनिबार हुने निर्वाचनका लागि आज विहान साढे ११ बजे देखि दिउँसो साढे १ बजेसम्म दशवटै पालिकामा उमेद्वारी दर्ता भएको हो । घोराही उपमहानगरपालिकाको नगर अधिवेशनमा तिलक रावत र निरज गिरीले सभापति पदमा उमेद्वारी दर्ता गराएका छन् ।

 

तुलसीपुर उपमहानगरपालिकाको नगर अधिवेशनमा सुरेश हमाल र अनिल कार्कीको सभापतिमा उमेद्वारी दर्ता गरी प्यानलमा चुनाब हुने भएको छ । त्यसैगरी, लमहीमा शिबप्रसाद चौधरी र सन्तोष बुढाथोकीले सभापतिमा पदमा उमेद्वारी दिएका छन् ।

दङ्गीशरण गाउँपालिकामा शम्भु गिरी र हर्कबहादुर बुढाथोकी, बबई गाउँपालिकामा प्रकाश बस्नेत र पर्शाराम भुषालले सभापतिमा उम्मेद्वारी दर्ता गरेका छन् ।

बंगलाचुलीमा सर्वसम्मत
बंगलाचुली गाउँपालिकामा पालिका अधिवेशन सर्वसम्मत सम्पनन भएको छ । सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा खुमबहादुर बुढाथोकी , केयरसिं गाहा मगर सर्वसम्मत चयन भएका छन् ।                                                                      गढवामा सहमति जारी
गढवा गाउँपालिकामा सभापतिमा कृष्णराज पाण्डे र किरण पौडेलको तथा सचिवमा पुरण प्रसाद चौधरी र पोषणराज शर्मा, ओम प्रकाश बत्सेल र मधुसुदन शर्माको उम्मेद्वारी परेको छ भने बाँकी पदमा सर्वसम्मत भयन भएका छन् । यो समाचार तयार पार्दासम्म गढवा गाउँपालिकामा उम्मेद्वारी परेका पदमा सर्वसम्मतको प्रयास भइरहेको छ ।

शान्तिनगर गाउँपालिकामा सभापति मात्र सर्वसम्मत
शान्तिनगर गाउँपालिका सभापतिमा मात्र सर्वसम्मत भएको छ । सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन् । अन्य पदमा उम्मेद्वारी परेको छ । यो समाचार तयार पार्दासम्म अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ । सर्वसम्मत हुन सक्ने शान्तिनगर काङ्ग्रेसले जनाएको छ ।

 

राप्तीमा गाउँपालिका सर्वसम्मत
राप्ती गाउँपालिकामा पालिका अधिवेशन सर्वसम्मत सम्पनन भएको छ । सभापति विद्याशरण चौधरी , उप सभापतिमा श्यामा रावत, प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली, चैन कुमार चौधरी, सह सचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्