बाढी प्रभावितलाई राहत प्रदान – Kanika Khabar
Friday, March 29Nepali News Portal

बाढी प्रभावितलाई राहत प्रदान

    मा प्रकाशित

प्रिया स्मृती गजमेर
लमही , असोज ८ ।
अविरल बर्षातका कारण जन धनको क्षति भएका लमही नगरपालिकाका विभिन्न वडाका पीडितहरुलाई राहत बितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङ मार्फत लमही नगरपालिकाको समन्वयमा रकम बितरण गरिएको लमही नगरपालिकाले जानकारी दिएको छ।

नेपाल सरकार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दाङलाई उपलब्ध गराएको २ लाख ५५ हजार रुपैयाँ मध्ये लमही नगरपालिका वडा नम्बर ४ का रामजन अलिले १५ हजार, वडा नम्बर १ का जगनारायण चौधरी र धर्म बहादुर कुमालले जनही २०/२० हजार पाएका छन। त्यस्तै बाढीले बगाएर ज्यान गुमाएकी वडा नम्बर २ का छुकानी चौधरीको छोरा प्रमोद चौधरीले राहत स्वरुप दुई लाख प्राप्त गरेका छन।

उनीहरु बाढी बाट पूर्ण रुपमा प्रभावित परिवार हुन। नगरपालिका भित्र बाढी बाट प्रभावित भएका ५ घरपरिवार मध्ये ४ जनाले उक्त सुविधा पाएका हुन। वडा नम्बर ५ कोलहीका जिताराम चौधरी सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ।

लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख देवका बेलबासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय प्रमुख अम्मर राज शर्मा, सूचना अधिकृत विश्व प्रकाश अर्याल, विपत व्यवस्थापन शाखाका फोकल पर्सन सम्पर्क व्यक्ति गायत्री थापा लगायतको सहभागिता रहेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्