६१औँ शृङ्खलामा छन्द संगम कार्यक्रम सम्पन्न – Kanika Khabar
Thursday, March 28Nepali News Portal

६१औँ शृङ्खलामा छन्द संगम कार्यक्रम सम्पन्न

    मा प्रकाशित

असोज ८, दाङ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आईरहेको छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ ।   परिषद् दाङ शाखाको आयोजनामा ६१औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न गरेको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. कृष्णराज डिसीको प्रमुख आतिथ्यता तथा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

परिषद् दाङ शाखाका सदस्य विमला डाँगी विकलताको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा छन्द सम्बन्धि रचनाहरू वाचन गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्य कृष्णराज डिसी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देवकोटा, सल्लाहकार नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरु),परिषद्का केन्द्रीय सचिव खेमराज मल्ल, साहित्यकारहरू डा. हिमलाल पन्थी, देबेन्द्र रिजाल, यम रेग्मी, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’,  शुशिला आचार्य, हेमबहादुर वली, विमला डाँगी विकलता, खेम गाँउले, विणा रोका लगायतले रचना वाचन गर्नुका साथै आफ्ना भनाइ राख्नु भएको थियो ।

अध्यक्ष दीपक शर्मा समीरले सहभागी सबैलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो मन्तब्य सहित कार्यक्रम समापन गर्नु भएको थियो भने सो कार्यक्रमको सहजिकरण कोषाध्यक्ष यम रेग्मीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्