पानीमा डुबेर ढकारी गाउँपालिका-१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको मृत्युु भएकाे इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर बालककाे मृत्यु भएकाे ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले  जानकारी दिनुभयो ।

स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गर्नु भएकाे थियाे ।  घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।