एमालेको केन्द्रीय कमिटी बैठक : अध्यक्ष, महासचिव र उपमहासचिवले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने – Kanika Khabar
Thursday, December 1Nepali News Portal

एमालेको केन्द्रीय कमिटी बैठक : अध्यक्ष, महासचिव र उपमहासचिवले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने

    मा प्रकाशित

असोज १०, दाङ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ । बैठकमा पेश भएको प्रतिवेदन र समूहगत छलफलमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले दिने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बैठकसुरु हुने एमाले पार्टी कार्यालयसचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो ।

केही दिनदेखि जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसमा हिजो १० समूहले छलफल गरेर सुझाव दिएका छन् । एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरमा गर्दैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्