थप ५ जिल्लामा काँग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

थप ५ जिल्लामा काँग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो

    मा प्रकाशित

असोज १०, दाङ ।
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरेको छ । समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यता विवाद समाधान गरेको काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले बताउनुभयो ।

योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ भने अब ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ । काँग्रेसको ५४ जिल्लामा पालिका हिजो अधिवेशन भएको थियो । बाँकि पालिकामा आज अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्