ईपीएल क्रिकेट लिगमा आज दुई खेलहरू हुँदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

ईपीएल क्रिकेट लिगमा आज दुई खेलहरू हुँदै

    मा प्रकाशित

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र चितवनबीचको खेल बिहान ९ : ३० मा सुरु हुनेछ ।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन समेत विजयी सुरुवात गर्न चाहन्छ । यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

भैरहवा र पोखराबीचको खेल दिउँसो १ : ३० मा सुरु हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ भने चितवन विनोद भण्डारीको कप्तानीमा मैदान उत्रने छ । यसअघि हिजो भएको खेलमा काठमाडौं किङ्स–११ ले विजयी सुरुवात गरिसकेको छ ।

हिजोको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो । यस पटकको ईपीएलमा विदेशी खेलाडीहरूको सहभागिता रहेकाले लिगप्रति दर्शकको आकर्षण बढाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्