इजराईल जानका लागि १६ सय नेपालीको नाम सिफारिस – Kanika Khabar
Thursday, March 28Nepali News Portal

इजराईल जानका लागि १६ सय नेपालीको नाम सिफारिस

    मा प्रकाशित

असोज १०, दाङ ।
रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १ हजार ६ सय जनाको नाम सरकारले सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्र्तवार्तामा सहभागीहरुमध्ये १हजार ६ सय जनाको नाम आज सार्वजनिक गरेको हो । जसमा ११ सय २० जना महिला र ४ सय ८० जना पुरुष रहेका छन् । इजरायलले नेपाली कामदार लैजाने कोटा भने १ हजार ४ सय छ । १६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ ।

छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि मात्रै उनीहरु इजरायल जान पाउने बैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताउनु भयो । रोजगारीका लागि इजराईल जान ईच्छुक ९ हजारले आवेदन दिएका थिए जसमा २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका थिए । लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना अन्तरवार्ताका लागि उत्तीर्ण भएका थिए । अन्तवार्तापछि १६ सय जना श्रमिक छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाइएको हो । अब इजरायलले यही सूचिबाट एक हजार जना श्रमिक केयर गिभरको लागि लैजाने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्