ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको हार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको हार

    मा प्रकाशित

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । कतारको दोहामा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २–१ को अग्रता बनाएको ओमानले दोस्रो हाफमा एकतर्फी गोल गरेको थियो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले हिजो साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गर्नुभएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्