पछिल्लो २४ घण्टामा दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

११ असोज, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर र विभिन्न स्थानीय तहमा ४ जनामा एन्टिजेन परीक्षण गर्दा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा राप्तीका २ जना, घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ५ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका ४ जना, राप्तीका २ जना, तुलसीपुर र बबईका एक एक जना रहेको केन्द्रले जनाएको छ ।

आज थप ८ जना सँगै दाङमा सकृय बिरामीको संख्या ५४ रहेको छ । ति मध्य घरमा ४६ जना, ६ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८१ जना पुगेको छ । ति मध्य ८ हजार ८ सय १२ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्