पशुपति क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार – Kanika Khabar
Friday, April 19Nepali News Portal

पशुपति क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार

    मा प्रकाशित

असोज ११, काठमाडौँ ।
काठमाडौँमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले आज सोमबार विहान साढे ५ बजे सन्तोष बाबामाथि खुकुरी प्रहार भएको बताएका हुन् ।

अहिले घाइते बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

एसएसपी सिंहका अनुसार विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन् ।

घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्