खेत जोत्ने क्रममा युवकको मृत्यु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

खेत जोत्ने क्रममा युवकको मृत्यु

    मा प्रकाशित

माधव बेल्वासे
असोज ११, कपिलवस्तु ।
कपिलवस्तुमा टयाक्टरले खेत जोत्ने क्रममा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ६ छोटकी बुटहानियाका २२ वर्षका दिलिप कहाँरको मृत्यु भएको हो ।

लु ४ त ७९२१ नम्बरको टयाक्टरले खेत जोत्ने क्रममा रोटावेटरभित्र पर्दा घटनास्थलमै कहाँरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिनुभयो ।

टयाक्टरले चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्