आज विश्व रेविजविरुद्धको दिवस – Kanika Khabar
Saturday, December 10Nepali News Portal

आज विश्व रेविजविरुद्धको दिवस

    मा प्रकाशित

असोज १२, दाङ ।
आज विश्व रेविजविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष २८ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ । सरकारले “रेविजः तथ्य बुझौँ, त्रसित नहोऔँ”भन्ने नाराका साथ यस वर्षको विश्व रेविज दिवस मनाउँदैछ ।

कोरोना महामारीभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै छाडा र घर पालुवा कुकुरले टोकेर दैनिक ६० देखि ८० जना अस्पताल आउने गरेका थिए । तर, पछिल्लो समय कोरोना विशेष अस्पताल बनेपछि त्यहाँ रेविज खोप लगाउन आउने र कुकुरले टोकेर आउने बिरामीको सङ्ख्या न्यून छ । रेविज लाग्न सक्ने सम्भावनालाई वेवास्ता गर्दा काठमाडौं उपत्यकामा मात्रै वर्षेनि ५० जनाको मृत्यु हुने गरेको थियो ।

रेविज भाइरस नै यो रोगको कारण हो । सङ्क्रमित जनावरको टोकाईपछि रेविज भाइरस मांशपेशीबाट नसा हुँदै दिमागमा पुग्छ र फेरि शरीरको विभिन्न भागमा फैलन्छ । मुख्यतया हाम्रो देशमा सङ्क्रमित कुकुरको टोकाइबाट स्वस्थ मानिस रेबिवबाट सङ्क्रमित हुन पुग्छ ।

चमेरो, फ्याउरो, छुचुन्द्रो आदि जनावरहरुको टोकाईबाट पनि रेविज लाग्न सक्ने भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ ।सरकारले रेविजविरुद्धको खोप देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरूमा निः शुल्क उपलब्ध गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्