लमहीमा उवासंघको उपहार कार्यक्रम ‘यसपालिको बडा दशैँमा किनमेल गर्न लमही जाउँ’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लमहीमा उवासंघको उपहार कार्यक्रम ‘यसपालिको बडा दशैँमा किनमेल गर्न लमही जाउँ’

    मा प्रकाशित

शिवु खनाल

देउखुरी, १२ असोज /

घटेको व्यापार प्रवद्र्धन गर्न दाङको लमहीमा उपहार कार्यक्रमको आयोजना गरिने भएको छ । बडा दशैँ, तिहार र छठ पर्वको अवसरमा देउखुरी उद्योग बाणिज्य संघ लमहीले देउखुरीकै केन्द्र विन्दु मानिने पूर्वपश्चिम राजमार्गमा रहेको लमही बजारमा उपहार कार्यक्रम संचालन गर्न लागिएको हो । संघले व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले लमहीमा संचालन गर्न लागेको उपहार कार्यक्रम पहिलो पटक हो ।

 

सोमबार पत्रकार सम्मेलन गर्दै संघले दशैँ, तिहार र छठसम्म उपहार कार्यक्रम संचालन गरिने जनाएको छ । दाङको लमहीम पहिलो पटक हुन लागेको उपहार कार्यक्रममा व्यापारी, विद्यार्थी स्थानीय तथा जिल्ला बाहिरका पर्यटक गरि करिव दुइलाख पचास हजार मानिसले लमही बजारबाट किनमेल गर्ने अनुमान गरिएको छ । पैसा कमाउन नभई लमहीका व्यापारीहरुको हितका लागि र पर्यटन, कृषिको आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले उपहार कार्यक्रमको आयोजना गर्न लागेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकरी दिनुभयो ।

 

उहाँले यस उपहार कार्यक्रमबाट लमही बजार क्षेत्रको व्यापार व्यवसायमा चहलपहल बढ्ने विश्वास व्यक्त गर्दै, अन्य छिमेकी तुलसिपुर, घोराही, भालुवाङ, बाँके, बर्दिया, कपिलबस्तु लगायतका स्थानबाट लमही बजारमा किनमेलको लागि मानिसहरुको भिरभाड बढ्ने बताउनुभयो । लमही बजारको व्यापार क्षेत्रलाई आर्थिक रुपले बलियो बनाउन र चाडपर्वमा मात्रै नभएर अन्य बेलामा पनि लमही बजारमा किनमेल गर्न आउने मानिसको संख्या कसरी बढाउन सकिन्छ, यस विषमा संघको गम्भिर ध्यानाकर्षण भएको बताउदैँ, मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लमहीको व्यापार व्यवसायले समेत निकै ठूलो मद्दत पु¥याएको मैले महशुस गरेको छु, संघका अध्यक्ष खनालले भन्नुभयो । यता स्थानीय पवन रिजालले बजारमा मानिसको चहल पहल भएपनि व्यापार नभएको बताउनुभयो । ‘कोभिडका कारण व्यापार छैन,’ उहाँले भन्नुभयो,—। ‘लमही बजार क्षेत्रको व्यापार आधाले घटेको छ । दशैँ, तिहार आउन केही दिन बाँकी रहेको छ ।

 

उपहार कार्यक्रमले व्यापार बढ्ने विश्वास लिएर बसेका छौैं ।’ उपहार कार्यक्रमको सुरक्षार्थ सिसिटिभि क्यामेरा तथा प्रसस्त मात्रामा सुरक्षा गार्डको व्यवस्था भइरहेको आयोजकले जनाएको छ । कार्यक्रम अवधिभर सुरक्षा निकाएको पनि उपस्थीति हुनेछ । स्थानीय र जिल्ला बाहिर गरी करीब दुइलाखले लमहीबाट किनमेल गर्ने अनुमान गरिएको छ । उपहार कार्यक्रम यही असोज २६ गतेसम्म चल्नेछ । यस्तै लमहीलाई देउखुरी क्षेत्रकै व्यापारीक क्षेत्रको हब बनाउन उपहार कार्यक्रमलाई अगाडि सारेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका उपाध्यक्ष केशवराज पोख्रेलले बताउनुभयो ।

 

यस्तै संघका महाँसचिव लेखराज केसीले व्यापक छलफलपछि लमही बजारको व्यापारलाई फरक बनाउने योजना अनुसार उपहार कार्यक्रमलाई अगाडि सारेको जानकारी दिनुभयो । लक्की ड्र तीन हजार भन्दा माथीको सामान खरिद गरी सोही पसलबाट उपहार कुपन निःशुल्क प्राप्त गर्न सक्नुहुने छ । लक्की ड्र २०७८ असोज २१ गते र कात्तिक १२ गते दिउँसो २ बजे लमहीको गोरघर चोक अगाडि खोलिनुका साथै बम्पर लक्की ड्र २०७८ कात्तिक २६ गते सोही स्थान र समयमा खोलिने छ । यस्तै प्रत्येक पटक लक्की ड्रमा टिभि, आर.टि.आर मोटरसाइकल, ल्यापटप, फ्रिज, डाइनिङ टेवल, प्रेशर कुकरहरु, इलेक्ट्रीक केट्लीहरु, साथै अन्य सान्तवना पुरस्कारहरु रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्