काङ्ग्रेस घाेराहीकाे पहिलाे बैठक, दसैं मिलन कार्यक्रम गर्ने – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

काङ्ग्रेस घाेराहीकाे पहिलाे बैठक, दसैं मिलन कार्यक्रम गर्ने

    मा प्रकाशित

दाङ,१२ असोज।   नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर कार्यसमितिले दसैं मिलन कार्यक्रम गर्ने भएको छ ।

नगर सभापति तिलक रावतको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपालीहरुको पर्व दशै अगाडी घोराहीमा दशै मिलन कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले संगठनले गरेको गतिविधिहरु जनतालाई जानकारी गराउने उद्देश्य स्वरुप नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको फेसबुक पेज समेत सञ्चालन गर्ने निर्णय गरेको नगर सचिव पुष्पराज आचार्यले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालको उपयोग गर्दै पार्टी संरचनाका गतिविधिहरु जनता समक्ष ल्याउनका लागि पेजको आवश्यक परेको बताए । साथै बैठकले निर्वाचन सफल बनाउनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण मतदाता, निर्वाचन समिति,पत्रकार, सुरक्षाकर्मीलगायत पार्टीका नेता तथा कार्यकर्ता एव शुभचिन्तकहरुलाई धन्यावाद ज्ञापन समेत गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्