दाङमा सालको गोलियासहित ३ जना पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङमा सालको गोलियासहित ३ जना पक्राउ

    मा प्रकाशित

१२ असोज, दाङ।

देउखुरीमा सालको रुख ढालेर चिरान गर्दै गरेको अबस्थामा ३ जना पक्राउ परेका छन । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु सामुदायिक बन क्षेत्र भित्र सालको गोलिया चिरान गरिरहेको अबस्थामा मँगलबार बिहान ३ जना पक्राउ परेका हुन ।

बन कार्यालयको गस्ती टोलीले उनिहरुलाई रँगे हात पक्राउ गरेको डिभिजन बन कार्यालय देउखुरीका डिभिजन बन अधिकृत बेसिन्द्र राज सुवेदीले बताए । उनिहरु रुख ढालेर चिरान गर्दै गरेको अबस्थामा पक्राउ परेका हुन । उनिहरुको साथबाट सालका ३ थान गोलिया र २ थान चिरान काठ फेला परेको छ । चिरान गर्दै गरेको स्थानमा ४ वटा सालका रुखपनि ढालिएको छ ।

उनीहरुले मङ्गलबार ढालिएको रुख चिरान गर्दै थिए । उनिहरुको साथबाट १२.२५ क्युफिट गोलिया फेला परेको छ । अन्य ३ वटा रुखका काठहरु फेला पार्न नसकेपनि रुख ढालेर काठ गायब गर्नेमा उनिहरुकै सँलग्नता रहेको हुन सक्ने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत छोटेलाल चौधरीले अनुमान गरे ।

पक्राउ पर्नेहरुमा लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु निवासी राज बहादुर चौधरी, कृष्ण कुमार चौधरी र शरद चौधरी रहेका छन् । उनिहरुलाई अनुसन्धान तथा म्याद थपका लागी जिल्ला बन कार्यालयमा उपस्थित गराउने तयारी थालिएको सहायक बन अधिकृत चौधरीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्