परराष्ट्रमन्त्रीको सपथ गैह्र कानुनी भएको भन्दै सर्वोच्चमा रिट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

परराष्ट्रमन्त्रीको सपथ गैह्र कानुनी भएको भन्दै सर्वोच्चमा रिट

    मा प्रकाशित

असोज १२, दाङ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको सपथ गैरकानूनी भएको भन्दै बदरको माग सहित सर्वोच्च अदालतमा रिट परेको छ । आज अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्थाबिना नै खड्काको सपथ गराइएको जिकिर गर्दै सपथको बदरको मागसहित रिट दायर गर्नुभएको हो ।

सपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्काले परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । भदौ ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको हो ।

 

सोही दिननै राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन सपथ ग्रहण गरी पदभार ग्रहण गरेर मन्त्री खड्का अमेरिका जानुभएको थियो । रिटको पेसी भोलिका लागि तोकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्