छाना उडाएका बिद्यालय मर्मत हुन सकेनन – Kanika Khabar
Friday, March 29Nepali News Portal

छाना उडाएका बिद्यालय मर्मत हुन सकेनन

    मा प्रकाशित

सरिता चलाउने
असोज १२, सल्यान ।
सल्यानमा छाना उडाएका बिद्यालय मर्मत नहँुदा बिद्यार्थी खुला आकाशमुिन पढ्न बाध्य भएका छन् । लामो समयदेखि बन्द भएका बिद्यालय खुले पनि हावाले उडाएका बिद्यालयका छाना मर्मत नहुँदा विद्यार्थीलाई खुला आकाशमुनि पढ्नुपर्ने भएको हो ।
हावाले उडाएको वनगाड कुपिण्डे नगरपालिकाको भैरवी निम्न माध्यमिक विद्यालयको छाना र कालिमाटी गाउँपालिकाको जनचेतना प्राथमिक विद्यालयको छाना अहिलेसम्म मर्मत हुन सकेको छैन ।

२०७७ साल चैतमा आएको हावाहुरीले छाना उडाएको थियो । कोरोना सङ्क्रमणले बन्द भएको विद्यालय सञ्चालन भइसक्दा समेत छाना मर्मत नहुँदा शिक्षक र बिद्यार्थीलाई सास्ती भएको छ । विद्यालयको आन्तरिक स्रोत नभएको र हावाले छाना उडाएको भवन नै जीर्ण भएकाले मर्मतभन्दा नयाँ भवनको लागि प्रयास गरे पनि बनाउन सफल हुन नसकेको जनचेतना प्राथमिक बिद्यालयका प्रधानाध्यापक हिमलाल भण्डारीले बताउनुभयो ।
बिद्यालय मर्मतका लागि पटकपटक स्थानीय तहसँग कुरा राखे पनि कुनै ध्यान नदिएको उहाँको भनाइ छ । सल्यानका धेरै बिद्यालयका भवन वर्षाको पानी र हावाले क्षति गरेको छ । कोरोना भाइरसको सङ्क्रमण कम हुँदै जाँदा स्थानीय तहले विद्यालय सञ्चालन गरिसकेका छन् तर बिद्यालय मर्मत गर्नतर्फ भने ध्यान दिएका छैनन् । कतिपय विदालयका छाना मात्र होईन भवन समेत कामै नलाग्ने गरी भत्किएका छन् । शिक्षाजस्तो संवेदनशील विषयमा स्थानीय सरकारले चासो नदेखाउँदा साना बालबालिकामा नकारात्मक प्रभाव पर्ने गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्