काङ्ग्रेसमा जेलिदै गुटको राजनीति, लुम्बिनी प्रदेशमा पौडेल पक्षको वर्चश्व रहेको दावी (सूचिसहित) – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काङ्ग्रेसमा जेलिदै गुटको राजनीति, लुम्बिनी प्रदेशमा पौडेल पक्षको वर्चश्व रहेको दावी (सूचिसहित)

    मा प्रकाशित

असोज १२, दाङ ।
चौधौ महाधिवेशनमा होमिएको नेपाली काङ्ग्रेस गुट उपगुटको राजनीतिमा नमज्जाले जेलिएको छ । यद्यपि गुटको राजनीति काङ्ग्रेसका लागि नयाँ रोग होइन, पुरानै रोग हो । गुटको राजनीति मौलाउँदै जाँदा निराश बनेका कार्यकर्ता पार्टी गुट उपगुटभन्दा माथि उठ्न सकोस् भन्ने अपेक्षामा रहेका हुनछन् तर पुरानो रोगबाट काङ्ग्रेस ग्रसित भइरहेको छ ।
यतिबेला महाधिवेशनमा होमिएको काङ्ग्रेसभित्र गुट उपगुटको अंक गणितीय चलेको छ । लुम्बिनी प्रदेशमा काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल पक्षको वर्चश्व रहेको दावी रहेको छ । महाधिवेशन सम्पन्न भएका स्थानमा पालिकाको अंक गणितीयमा पौडेल पक्षले वर्चश्व रहेको दावी गरेको छ । अझै ३ जिल्लामा अधिवेशन हुन बाँकी छ । बाँकी जिल्लाको नतिजा आउँदा पनि पौडेल समूह नै बलियो पौडेल समुहको दावी छ ।

यस्तो छ लुम्बिनी प्रदेशको अंक गणित

दाङ

पालिका संख्या : १०
पौडेल : ६, देउवा : ४
तुलसीपुर उपमहानगरपालिका : सुरेश हमाल (पौडेल पक्ष)
राप्ती गाउँपालिकाका : विद्याशरण चौधरी (पौडेल पक्ष)
बबई गाउपालिका : प्रकाश बस्नेत (पौडेल पक्ष)
दंगीशरण गाउँपालिका : शम्भु गिरी (पौडेल पक्ष)
शान्तिनगर गाउँपालिका : झलक केसी (पौडेल पक्ष)
बंगलाचुली गाउँपालिका : जागेश्वर अधिकारी (पौडेल पक्ष)
घोराही उपमहानगरपालिका : तिलक रावत (देउवा पक्ष)
लमही नगरपालिकाका : सन्तोष बुढाथोकी  (पौडेल पक्ष)
राजपुर गाउपालिका : नरेन्द्रराज भण्डारी (देउवा पक्ष)
गढवा गाउँपालिका : किरण पौडेल (देउवा पक्ष)

प्यूठान

पालिका संख्या : ९
पौडेल पक्ष : ६, देउवा पक्ष : २, कतै नखुलेका : १
स्वर्गद्वारी नगरपालिका : गिरबहादुर घर्तीमगर (पौडेल पक्ष)
प्युठान नगरपालिका : नेत्रबहादुर केसी (कतै नखुलेका )
गौमुखीमा गाउँपालिका : मधुराम केसी (पौडेल पक्ष)
ऐरावती गाउँपालिका : अमर रेश्मी मगर (पौडेल पक्ष)
माण्डवी गाउँपालिका : प्रकाश अधिकारी (पौडेल पक्ष)
सरुमारानी गाउँपालिका : लक्ष्मण जीसी (देउवा पक्ष)
मल्लरानी गाउँपालिका : रमेश श्रेष्ठ (पौडेल पक्ष)
झिमरुक गाउँपालिका : मीनराज भट्टराई (पौडेल पक्ष)
नौ बहिनी गाउँपालिका : देवीराम पुन (देउवा पक्ष)

 

रुपन्देही

पालिका संख्या : १६
देउवा पक्ष : ९, पौडेल पक्ष : ५ र नखुलेका : २
बुटवल उपमहानगरपालिका : खेलराज पाण्डे (पौडेल पक्ष)
तिलोत्तमा नगरपालिका : हरिलाल पाण्डे (देउवा पक्ष)
सिद्धार्थनगर नगरपालिका : कोशिसबहादुर खड्का (देउवा पक्ष)
सैनामैना नगरपालिका : रणबहादुर खनाल (देउवा पक्ष)
लुम्बिनी सांस्कृतिक नगरपालिका : मोहम्मद सहिद खाँ (देउवा पक्ष)
देवदह नगरपालिका : गुनाखर भुर्तेल (पौडेल पक्ष)
कन्चन गाउँपालिका : देवीराम रेग्मी (कतै नखुलेका )
गैडहवा गाउँपालिका : सत्यनारायण पथिक (देउवा पक्ष)
कोटहीमाई गाउँपालिका : अवधराम यादव (पौडेल पक्ष)
मर्चवारी गाउँपालिका : जनार्दन यादव (पौडेल पक्ष)
ओमसतिया गाउँपालिका : भगवानप्रसाद चौधरी (कतै नखुलेका )
मायादेवी गाउँपालिका : पदम भण्डारी (देउवा पक्ष)
रोहिणी गाउँपालिका : पारसनाथ योगी (देउवा पक्ष)
सियारी गाउँपालिका : गोपाल पाण्डे (देउवा पक्ष)
शुद्धोधन गाउंपालिका : दामोदर पौड्याल (देउवा पक्ष)
सम्मरीमाई गाउंपालिका : रमेश यादव (पौडेल पक्ष)

 

पाल्पा

पालिका संख्या : १०, (तानसेन नगरपालिका बाँकी)
पौडेल पक्ष : ८, देउवा पक्ष : १
रामपुर नगरपालिका : नेत्रप्रसाद भट्टराई (पौडेल पक्ष)
रिव्दीकोट गाउँपालिका : रामचन्द्र पाण्डे (पौडेल पक्ष)
रैनादेवी छहरा गाउँपालिका : विष्णुप्रसाद पोखरेल (पौडेल पक्ष)
बगनासकाली गाउँपालिका : थानेश्वर तिमिल्सिना (पौडेल पक्ष)
रम्भा गाउँपालिका : ऋषिराम अर्याल (पौडेल पक्ष)
पूर्वखोला गाउँपालिका : विष्णुकुमारी आचार्य (पौडेल पक्ष)
निस्दी गाउँपालिका : पूर्णबहादुर खाँण (देउवा पक्ष)
तिनाउ गाउँपालिका : प्रेमप्रसाद पाण्डे (पौडेल पक्ष)
माथागढी गाउँपालिका : दीपक थापा (पौडेल पक्ष)

अर्घाखाँची

पालिका संख्या : ६
पौडेल पक्ष : ५, कतै नखुलेका : १
सन्धिखर्क नगरपालिका : बाबुराम भुसाल (पौडेल पक्ष)
शितगंगा नगरपालिका : मोहन पन्थी (पौडेल पक्ष)
भूमिकास्थान नगरपालिका : खडानन्द बेल्वासे (पौडेल पक्ष)
छत्रदेव गाउँपालिका : प्रकाशराज पन्थी (पौडेल पक्ष)
मालारानी गाउँपालिका : शोभाखर खनाल (पौडेल पक्ष)
पाणिनि गाउँपालिका : तुल्सी पौडेल (कतै नखुलेका )

 

रोल्पा

पालिका संख्या : १० (सबै पालिकामा सर्वसम्मत)

रोल्पा नगरपालिका : चन्द्रबहादुर आचार्य (पौडेल पक्ष)
सुनिल स्मृति गाउँपालिका : मानबहादुर गिरी (पौडेल पक्ष)
लुङ्ग्री गाउँपालिका : जनक खड्का (पौडेल पक्ष)
सुनछहरी गाउँपालिका : कोमबहादुर बुढामगर (पौडेल पक्ष)
थवाङ गाउँपालिका : खरिलाल डांगी (पौडेल पक्ष)
परिवर्तन गाउँपालिका : खड्गबहादुर घर्ती (पौडेल पक्ष)
गंगादेव गाउँपालिका : मीनबहादुर खड्का (पौडेल पक्ष)
माडी गाउँपालिका : नवीन डांगी (पौडेल पक्ष)
त्रिवेणी गाउँपालिका : दुर्योधन रानामगर (पौडेल पक्ष
रुन्टिगढी गाउँपालिका : जनक पुन मगर (पौडेल पक्ष)

 

रुकुम पूर्व

पालिका संख्या : ३
पुथा उत्तरगंगा गाउँपालिका : तपस बुढामगर
भूमे गाउँपालिका : दिनेश रोका मगर
सिस्ने गाउँपालिका : मदन बीसी

तीनै जना बाहिर नखुलेपनि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भएको कांग्रेस रुकुम पुर्वकी नेतृ कुसुम थापाले दावी गरिन् ।

नवलपरासी पश्चिम

पालिका संख्या : ७
देउवा पक्ष : ३, पौडेल पक्ष : २ र शशांक पक्ष : २
सुनवल नगरपालिका : सोमबहादुर रायमाझी (पौडेल पक्ष)
बर्दघाट नगरपालिका : दामोदर जिसी (पौडेल पक्ष)
रामग्राम नगरपालिका : श्रीधर बस्याल (देउवा पक्ष)
पाल्हिनन्दन गाउँपालिका : हरिहर चौहान (देउवा पक्ष)
सरावल गाउँपालिका : विनोद पाण्डे (देउवा पक्ष)
सुस्ता गाउँपालिका : रविन्द्रकुमार बनियाँ (शशांक पक्ष)
प्रतापपुर गाउँपालिका : ज्ञानेन्द्रकुमार पञ्जियार (शशांक पक्ष)

 

बर्दिया

पालिका संख्या : ८, एउटामा अधिवेशन स्थगित

गुलरिया नगरपालिका : इन्द्र यादव (महेन्द्र शर्मा पक्षीय उम्मेदवार) गौतम र थारुका उम्मेदवार श्यामु थारु पराजित ।
बारबर्दिया नगरपालिका : गौतम र थारुका उम्मेदवार सुरेन्द्र बोहरा २ मतले विजयी । पौडेल पक्षकै महेन्द्र शर्मा पक्षीय उम्मेदवार अमृत शर्मा ढकाल पराजित ।
बांसगढी नगरपालिका : लोहारी थारु ( गौतम निकट )
बढैयाताल गाउपालिका : भगत नेपाली ( महेन्द्र शर्माका उम्मेदवार) । गौतम र थारुका उम्मेदवार मानबहादुर बीसी पराजित
ठाकुरद्वारा नगरपालिका : पदम खड्का (गौतम र थारु पक्ष)
राजापुर नगरपालिका : महेशकुमार चौधरी (देउवा समूह)
गेरुवा गाउँपालिका : प्रेम रावल राठौर (देउवा समूह)
मधुवन नगरपालिका स्थगित ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्