ईपीएलमा क्रिकेटमा आज दुई खेल हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

ईपीएलमा क्रिकेटमा आज दुई खेल हुने

    मा प्रकाशित

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र पोखराबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र विराटनगरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अङ्क बाडेको थियो । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्