आईपीएलमा आज राजस्थान र बैंगलोरबीच प्रतिस्पर्धा हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईपीएलमा आज राजस्थान र बैंगलोरबीच प्रतिस्पर्धा हुने

    मा प्रकाशित

ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ । दुबई अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । गएराति भएको खेलमा भने मुम्बई इन्डियसले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ । पन्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

 

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । यस जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोडेको छ । मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पन्जाब ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । हिजो नै भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्