तुलसीपुर क्षेत्रमा गिट्टी बालुवा संकलनमा अवरोध नगर्न नगरप्रमुखको आग्रह – Kanika Khabar
Friday, March 29Nepali News Portal

तुलसीपुर क्षेत्रमा गिट्टी बालुवा संकलनमा अवरोध नगर्न नगरप्रमुखको आग्रह

    मा प्रकाशित

दाङ, १३ असोज ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नदीजन्य पदार्थ९गिट्टी,बालुवा०संकलन तथा उत्खननमा अवरोध नगर्न आग्रह गर्नुभएको छ । तुलसीपुर बजार क्षेत्र लगाएत सवै ठाउँका सडक मर्मत सम्भारको काम भईरहेको हुदा आबश्यक पर्ने गिट्टी बालुवा संकलनमा सहयोग गर्न सवैमा उहाले आग्रह गर्नुभएको छ। सामाजिक संजाल फेसबुक मार्फत आग्रह गदै उहाले खोलाबाट गिट्टी वालुवा संकलनमा संघिय सरकारका स्थानिय प्रतिनिधिहरुबाट असहयोग भएको उल्लेख गर्नुभएको छ ।

यस वर्ष लामो समय देखी बर्षा भईरहेको र अहिले सडक मर्मत सम्भारको काम भईरहेको उहाले उल्लेख गर्नुभएको छ । नदीजन्य पदार्थ संकलन तथा उत्खननमा अवरोध हुदा काम गर्न असहजता भएकाले सहयोग गर्न सवैमा अपिल गर्नुभएको छ । बर्षातका कारण विग्रिएका सडक तथा खाल्डाखुल्टी दशै अघि सक्ने गरी नगर प्रमुख पाण्डेले यस अघि न कर्मचारी र जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्