कोरोना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप २ जनामा पुष्टि, ६० जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

कोरोना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप २ जनामा पुष्टि, ६० जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

१३ असोज, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा राप्ती २ जना महिला रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङको तुलसीपुरका १ जना कोरोना मुक्त भएका छन् ।

दाङमा अहिले सक्रिय बिरामीको संख्या ६० जना रहेको छ । ती मध्य घरमा ५१ जना, ६ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचाररत रहेको केन्द्रले जनाएको छ । कोरोना विशेष अस्पताल वेलझुण्डीमा २ जना प्युठानका विरामी सहित अहिले ४ जना रहेका छन् भने राप्ति स्वास्थ विज्ञान प्रतिष्ठानमा अहिले ५ जना कोरोनाका विरामीको उपचार भैरहेको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ९० जना पुगेको छ । ति मध्य ८ हजार ८ सय १५ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्