देशभर एक हजार १ सय ५७ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Friday, April 19Nepali News Portal

देशभर एक हजार १ सय ५७ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

असोज १३, दाङ ।
नेपालमा गत २४ घण्टामा देशभर एक हजार १ सय ५७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यस्तै १११३ जना सङ्क्रमणमुक्त हुँदा ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् । हाल निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ । हाल देशभर १८ हजार १९३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमित मध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आईसीयूमा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्