भारतमा कोरोना सङ्क्रमणको दर घट्दै, २४ घन्टामा २० हजारभन्दा कममा सङ्क्रमण – Kanika Khabar
Friday, March 29Nepali News Portal

भारतमा कोरोना सङ्क्रमणको दर घट्दै, २४ घन्टामा २० हजारभन्दा कममा सङ्क्रमण

    मा प्रकाशित

भारतमा कोरोना सङ्क्रमणको दर लगातार घट्दै गएको छ । पछिल्लो समय कोरोनाका कारण दैनिक २० हजारभन्दा कमका दरले नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कराण १८ हजार ८ सय जना सङ्क्रमित भएका छन् ।

 

यस्तै गत २४ घन्टामा ३ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालय अनुसार गत २४ घन्टामा २८ हजार १ सय ७८ जना स्वस्थ भएका छन् । कोरोना महामारीको दोस्रो चरणको लहरका कारण भारत सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

 

मार्च महिनापछि लगातार दोस्रो पटक भारतमा २० हजारभन्दा कममा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म भारतमा ३ करोड ३७ लाख १६ हजार ४ सय ५१ जना कोरोनाका कारण सङ्क्रमित भएका छन् भने ४ लाख ४७ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ३ करोड २९ लाख ८६ हजार १ सय ८० जना स्वस्थ भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्