नेपालले पहिलोपटक कुस्तीको विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने – Kanika Khabar
Thursday, December 1Nepali News Portal

नेपालले पहिलोपटक कुस्तीको विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने

    मा प्रकाशित

नेपालले पहिलोपटक कुस्तीको विश्व च्याम्पियनसिपमा सहभागितामा जनाउने भएको छ । नर्वेमा आयोजना हुने कुस्तीको विश्व च्याम्पियनसिपमा नेपालका तीन जना पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिप अक्टोबर २ देखि १० सम्म आयोजना हुनेछ ।विश्व च्याम्पियनसिपमा नेपालका सुमिर कुमार साह, सुरेश चुनारा र साहिल अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।सुमिरले ९७ केजी तौल र सुरेशले ७४ केजीमा प्रतिस्पर्धा गर्ने छन् भने साहिलको तौल समूह तय भएको छैन ।

नेपालमा आयोजना भएको १३ औं सागमा सुमिर र सुरेशले कास्य पदक जितेका थिए ।नेपाली टोलीको मुख्य प्रशिक्षमा धर्म राज यादव रहेका छन् ।च्याम्पियनसिपका लागि नेपाली टोलीले गत भदौबाट राजधानीमा विशेष तयारी गरेको संघका अध्यक्ष राज मोहमद अन्सारीले जानकारी गराउनुभयो ।कुस्ती टोलीलाई आज नेपाल कुस्ती सङ्घले बिदाइ गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्