प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक – Kanika Khabar
Thursday, April 18Nepali News Portal

प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक

    मा प्रकाशित

असोज १३, दाङ ।
सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि सर्वदलिय बैठक आह्वान गरिएको बताइएको छ ।

यसअघि संसदको अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । एमालेको अवरोधकै बीच सरकारले बजेट पास गरेको थियो ।

नेकपा एमालेले लगातार संसद अवरोध गदै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएको हो । संसद सुचारुका लागि आफ्नो माग पूरा हुन पर्ने एमालेको जिकीर छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्