निजी विद्यालयको प्रतिस्पर्धा विश्वको शैक्षिक प्रणालीसँग हो : अधिकारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

निजी विद्यालयको प्रतिस्पर्धा विश्वको शैक्षिक प्रणालीसँग हो : अधिकारी

    मा प्रकाशित

असोज १४, दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीले निजी विद्यालयको प्रतिष्पर्धा विश्वको शैक्षिक प्रणालीसँग रहेको बताएका छन् । प्याब्सन दाङले आयोजना गरेको स्थानीय पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका अधिकारीले यस्तो बताएका हुन् ।
कार्यक्रममा आफ्ना विचार सम्प्रेषण गर्दै प्रमुख अतिथि अधिकारीले शैक्षिक उन्नयनमा प्याब्सनले खेलेको भूमिकाको चर्चा गर्दै गुणस्तरीय शिक्षाका लागि आवश्यक स्थानमा प्याव्सनले नयाँ विद्यालय सञ्चालनमा समेत सक्रिय रहन अपील गरेका थिए । उनले भने, ‘निजी विद्यालयको प्रतिष्पर्धा निजी विद्यालयसँग होइन, सामुदायिक विद्यालयसँग झनै हुँदै होइन, प्रतिष्पर्धा छ त विश्वको शैक्षिक प्रणालीसँग छ ।’ वर्षेनी गुणस्तरीय शिक्षाका लागि बाहिरिने नेपाली विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षाका आधार खडा गर्नमा लागिपर्नु नै प्याब्सनको शैक्षिक गन्तव्य हो, उनले थपे ।

No description available.

प्याब्सन दाङका अध्यक्ष रेशमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाङ जिल्लामा रहेको प्याब्सनका स्थानीय निकायका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । प्याब्सनका केन्द्रीय सदस्य तथा दाङ प्याब्सनका प्रमुख सल्लाहकार यादव गिरी र केन्द्रीय सदस्य तथा दाङ प्याब्सनका सल्लाहकार केशव थापाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । कोषाध्यक्ष आदिम के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव खगेश्वर पौडेलले गरेका थिए ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्