महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन संसदमा पेश – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन संसदमा पेश

    मा प्रकाशित

असोज १४, काठमाडौँ ।
महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद निर्वाध रुपमा चलाउनका लागि सहयोग गर्न पटकपटक आग्रह गर्नुभएको थियो ।

तर एमाले सांसदहरूले नाराबाजी गर्न नछोडेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभयो । उहाँले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक यही असोज १९ गतेसम्म लागि स्थगित गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्