काठमाडौँमा सभा सम्मेलन गर्न रोक – Kanika Khabar
Wednesday, December 7Nepali News Portal

काठमाडौँमा सभा सम्मेलन गर्न रोक

    मा प्रकाशित

असोज १४, दाङ ।
काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सव र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज राति १२ बजेदेखि लागु हुनेगरी अर्को आदेश नभएसम्मका लागि यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।

नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहनने, यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने पनि आदेशमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्