एस्ट्राजेनेकाको खोप कोरोना रोकथाममा ७४ प्रतिशत प्रभावकारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एस्ट्राजेनेकाको खोप कोरोना रोकथाममा ७४ प्रतिशत प्रभावकारी

    मा प्रकाशित

असोज १४, दाङ ।
अमेरिकाले गरेको एक अध्ययनमा एस्ट्राजेनेकाको कोभिड–१९ खोप लक्षणसहित रोगको रोकथाममा ७४ प्रतिशत प्रभावकारी रहेको दावी गरिएको छ । ६५ वर्षभन्दा माथिका व्यक्तिमा भने यसको प्रभावकारिता बढेर ८३ दशलमव ५ प्रतिशत पुगेको बताइएको छ ।

अमेरिकी क्लिनिकल ट्रायलको नतिजामा बेलायती औषधि निर्माता कम्पनीले प्रारम्भिक रुपमा खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको दाबी गरे पनि २६ हजार बढी स्वयंसेवकहरुको संलग्नतामा गरिएको ट्रायलमा भने समग्र प्रभावकारिता ७४ प्रतिशतमात्रै देखिएको हो ।

हाल गरिएको अध्ययनमा भने संयुक्त राज्य अमेरिका, चिली र पेरूका २६ हजार बढी व्यक्तिको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्