चितवन, ईपीएल टी–ट्वान्टी क्रिकेट लिगको शीर्ष स्थानमा – Kanika Khabar
Thursday, December 1Nepali News Portal

चितवन, ईपीएल टी–ट्वान्टी क्रिकेट लिगको शीर्ष स्थानमा

    मा प्रकाशित

चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।टियु क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो ।

काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

काठमाडौंलाई हराएसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चितवनले २ खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

पहिलो हार व्यहोरेको काठमाडौंले २ खेलमा २ अङ्क जोडेको छ ।काठमाडौं चौंथो स्थानमा रहेको छ ।काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्