न्यून चापिय क्षेत्रको सामान्य प्रभाव, देशभर आंशिकदेखि सामान्य बदली हुने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

न्यून चापिय क्षेत्रको सामान्य प्रभाव, देशभर आंशिकदेखि सामान्य बदली हुने

    मा प्रकाशित

असोज १५, दाङ ।
भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि परेको छ । हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ भने गण्डकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर समान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ  भने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । भोलि र पर्सि पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्