आगामी चुनाबमा एमालेलाई जित्ने गरी अगाडि बढ्न कार्यकर्तालाई प्रचण्डको निर्देशन – Kanika Khabar
Saturday, December 10Nepali News Portal

आगामी चुनाबमा एमालेलाई जित्ने गरी अगाडि बढ्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

    मा प्रकाशित

असोज १६, दाङ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनाबमा एमालेलाई जित्ने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा एमालेको प्रतिवाद नगरी आउँदो चुनाव नजितिने पनि प्रचण्डले बताउनुभयो ।

आज ललितपुरमा आयोजित पार्टी कार्यक्रममा प्रचण्डले अबको डेढ वर्ष एमालेलाई गणतन्त्र विरोधी र संघीयता विरोधी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव नजितिने भन्दै उहाँले आफूहरुकै नेतृत्वमा संविधान बनाएको दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि ओली विरुद्ध लाग्नु परेको पनि बताउनुभयो । एमालेसँग पार्टी एकता गर्नु गलत नभए पनि ओलीको जालझेलका कारण अफ्ठेरो परेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्