बार्सिलोनाको खराब प्रदर्शन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बार्सिलोनाको खराब प्रदर्शन

    मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अर्को एउटा खराब प्रदर्शनबाट गुज्रिएको छ ।

फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै संकटमा फसेको बार्सिलोनाले शनिबार रातिको खेलमा अर्को एउटा खराब नतिजा बेहोर्‍यो ।

शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले हराएको छ ।

एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । जितसँगै एट्लेटिको ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्