आज प्रदेश १ र २ का थोरै ठाउँमा भारी वर्षाको सम्भावना – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज प्रदेश १ र २ का थोरै ठाउँमा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

असोज १७, दाङ ।
आज प्रदेश १ र २ काथोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपाल नजिकै बनेको न्यूनचापिय क्षेत्रको प्रभावले आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र २ का थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासी जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असर भोलिदेखि कमहुँदै जानेछ । यसकै प्रभावले गएराति पनि प्रदेश १, २ र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा भएको उहाँले जानकारी दिनुभयो । गत१२ घण्टामा झापामा १६८ मिलिमिटर र धनुषामा १२४ मिलिमिटर पानी परेको छ । यस्तै सर्लाही, सिन्धुली र मकवानपुरमा पनि भारी वर्षा भएको छ । आज राति पनि प्रदेश १ र २ का थोरै ठाउँमा भारी वर्षा हुँदा देशका अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।

यसैबीच यो वर्षको मनसुन बाहिरिन अझै केही दिन लाग्ने देखिएको छ । मौसमविद् मन्जु बासीका अनुसार भारतमा मनसुन बाहिरिएको पाँचदेखि सात दिनभित्र नेपालबाट मनसुन बाहिरिन्छ । तर अझै पनि भारतमा मनसुन नसकिएकाले नेपालमा अझै केही दिन रहने देखिएको उहाँको भनाइ छ । अघिल्ला वर्षहरुमा जुन १० तारिखमा नेपाल प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिन्थ्यो । तर यो वर्षदेखि जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन अक्टोबर २ मा नेपालबाट बाहिरिने आँकलन गरिएको भए पनि अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्