आईपीएलमा आज पञ्जाब र बैङ्गलोर अनि, कोलकोत्ता र हैदरवाद खेल्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईपीएलमा आज पञ्जाब र बैङ्गलोर अनि, कोलकोत्ता र हैदरवाद खेल्दै

    मा प्रकाशित

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज पनि दुई खेलहरू हुने भएका छन् । आज हुने पहिलो खेलमा रोयल च्यालेन्जसै बैङ्गलोर र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुबईको सारजहा क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । यस्तै आजै हुने अर्को खेलमा कोलकोत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । दुबई क्रिकेट मैदानमा हुने कोलकोत्ता र हैदरावादबीचको खेल साँझ७ ः ४५ मा सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलहरूमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले जित हात पारेको छ । सारजहा क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले साविक विजेता मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो । मुम्बईले दिएको १ सय ३० रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । हिजै भएको अर्को खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्