तीन महिनापछि डोटीमा सिडियो – Kanika Khabar
Friday, April 19Nepali News Portal

तीन महिनापछि डोटीमा सिडियो

    मा प्रकाशित

असोज १७, डोटी ।
विगत तीन महिनादेखि सिडियोविहीन भएको डोटीमा गृह मन्त्रालयले बल्ल सिडियो खटाएको छ ।

निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्