सिक्ने सिकाउने क्रममै स्थानिय सरकारका ४ वर्ष : उपप्रमुख बेलबासे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिक्ने सिकाउने क्रममै स्थानिय सरकारका ४ वर्ष : उपप्रमुख बेलबासे

    मा प्रकाशित

सरद सागर देबकोटा
लमही १७ असोज
लमही नगरपालिकाका उप प्रमुख तथा न्यायिक समितिका सयोजक देबका बेलबासेले सिक्ने सिकाउने क्रममै स्थानिय सरकारको चार बर्ष बितेको बताउनुभएको छ । ग््राामिण महिला उत्थान केन्द्र दाङको आयोजनामा आज लमहीमा आयोजित स्थानिय सरकारको नितिमा नागरिक समाज सग सम्बाद कार्यक्रमको प्रमुख अतिथि रहनुभएका बेलबासेले सो कुरा बताउनुभएको हो । उहाँले स्थानिय सरकारले तर्जुमा गरेका निति तथा कार्यक्रमहरुका बारेमा लक्षित समुदाय जानकार नहुदा कतिपय योजनाहरु उदेश्य अनुरुप सचालन हुन नसकेको बताउनुभयो । स्थानिय सरकारले तर्जुमा गरेका हरेक नितिी तथा कार्यक्रमको बोरेमा आम नागरिक जानकार हुनु पर्ने हो तर कतिपय अबस्थामा कानुनि अन्योलता र अनभिज्ञताका कारण सिक्ने कार्यसम्पादनमा समस्या हुने गरेको बेलबासेको भनाई छ । उहाले बस्ती स्तरको योजना छनोट देखि तर्जुमा गरिएका योजनाहरुको बारेमा सम्बनिधत नागरिकले थाहा नपाउदा कतिपय योजनाहरु सफल हुन नसकेको स्पष्ट पार्नुभयो । सस्थाका अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उप प्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बस्ति स्तरमा योजना तर्जुमा गर्दा आाम नागरिकको सहभागिता नभई सिमिति प्रतिनिधिहरुको सहभागितामा हुने भएकोले स्थानिय सरकारले बनाएको नितिहरु नगरिकको पहुचमा पुगन नसकेको बताएका थिए । ग््राामिण महिला उत्थान केन्दका्र हित बहादुर थापाको बिषय प्रबेश तथा स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा कानुनि जानकार शुभराज चोधरीले स्थानिय सरकार सचालन ऐन एनले गरेका ब्यबस्था , र नागरिक समाजको भुमिकाको बिषयमा प्रशिक्षण दिनुभएको थियो । सो अबसरमा लमही नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष नुमराज पौडेल , गैरसरकारी सस्था जिल्ला महासघका उपाध्यक्ष उमाकान्त पन्त रेडियो हाईवेका सम्पादक लिला शाह लगाएतले स्थानिय सरकारले अख्तियार गरेको निति तथा कार्यक्रमहरुको बारेमा आम नागरिकहरु जानकारहुन आबश्यक रहेको धारण राख्नुभएको थियो। कार्यक्रमको सचालन सर्बराम चौधरीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्